फुटबलको फाइनलमा बुद्धशान्ति र मेचीनगरले प्रतिस्पर्धा गर्ने

0
6

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा जारी अन्तरपालिका यु–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२को फाइनलमा बुद्धशान्ति गाँउपालिका र मेचीनगर नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा शनिबार सम्पन्न अन्तिम सेमीफाइनलमा भद्रपुर नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको मेचीनगरले बुद्धशान्तिसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो । बुद्धशान्तिका जीतका लागि खेलको २८औं र ६७औं मिनेटमा नयन प्रधानले गोल गरेका थिए ।

खेलको उत्कृष्ट खेलाडीसमेत भएका उनलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी “प्रशान्त”, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाललगायतले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त पुरस्कार बिर्तामोडस्थित सुप्रीम सप्लायर्सले सौजन्य गरेको हो ।

आयोजक शनिश्चरे फुटबल क्लबका सल्लाहकार एवम् खेल संयोजक टेकराज तिलिङको अध्यक्षतामा आयोजित कार्यक्रममा फुटबलका पूर्व राष्ट्रिय खेलाडी विशाल राई, बिर्तामोडस्थित नवदुर्गा ट्रेडर्सका सञ्चालक इश्वर काफ्ले र बिर्तामोड–५ स्थित यूनिक मेसीनरी ट्रेडर्सका सञ्चालक विपिन बजगाईंलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय दीपक ढुंगाना र बिमला प्रधानले गरेका थिए ।

प्रतियोगिता अन्र्तगत पर्सी (सोमबार) दिँउसो २ बजे हुने फाइनल खेलको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश एक लाख र ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी व्यक्तिगत विधातर्फ नगद पुरस्कार क्रमश सात हजार र पाँच हजारसहित ट्रफी प्राप्त गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here