बिजुलीको पोलमा स्कुटर ठोक्किदाँ एक जनाको मृत्यु

0
11

झापा।

झापाको बिर्तामोडमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–७ खोपवारीस्थित भित्री पक्की सडकखण्डमा प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र १–०१–०१३ प ९१९९ न।को स्कुटर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको हो ।

दुर्घटनामा स्कुटर चालक बिर्तामोड –७ का ३५ वर्षीय सुभाष मादेन गम्भिर घाइते भएका थिए । टाउकोमा चोट लागेका घाइते मादेनलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

मृतकको शव सोही अस्पतालको लाश घरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here