
ज्ञानरञ्जन भारतको एक स्थापित साहित्यकार हुन् । उनका सिर्जनाहरुले भारतका पाठकवर्गमा अमिट छाप छाड्न सफल छन् । महाराष्ट्रको अकोलामा २१ नोभेम्बर १९३६ मा ज्ञानरञ्जनको जन्म भएको थियो । इलाहाबाद विश्वविद्यालयबाट पढाइ सकेपछि उनी जबलपुरको जीएस कलेजमा हिन्दीका प्राध्यापक बने । त्यहाँबाट उनी १९९६ मा सेवानिवृत्त भए । उनी प्रगतिशील लेखक संघमा पनि केन्द्रीय भूमिकामा थिए र जबलपुरको रंगमञ्चको दुनियाँमा पनि उत्तिकै सक्रिय थिए ।
उनका साहित्यिक उपलब्धीका रुपमा थुपै राष्टिूय सम्मानद्वारा मान्यता प्राप्त भएका छन् । जसमा साहित्य भूषण सम्मान, शिखर सम्मान, मैथिलीशरण गुप्त सम्मान, ज्ञानपीठको ज्ञानगरिमा मानद अलंकरण सम्मान र सोभियट लैण्ड नेहरू अवार्ड लगायत समावेश छन् । ज्ञानरञ्जन ती बिरलै कथाकारहरू मध्ये हुन् जसले धेरै कम लेखेका छन्, तर उनको लेखाइले लामो समय र टाढासम्म गहिरो प्रभाव छाड्न सफल रहेका छन् । उनका सिर्फ पच्चीस कथाहरूको भरमा हिन्दी कथा–साहित्यमा उनले जुन स्थान र सम्मान कमाए, त्यो आफैँमा दुर्लभ उदाहरण मानिन्छ । तर, यसभन्दा पनि असाधारण निर्णय भनेको उसबेला थियो जब उनले कथा लेखन लगभग छोडेर आफूलाई पूर्ण रूपमा ‘पहल’ नामक पत्रिकाको सम्पादनमा सीमित गरिदिए ।
ज्ञानरञ्जनका कथाहरू साठीको दशकको त्यो रोमान्चक मध्यम वर्गीय आत्मसन्तुष्टिको बिरुद्ध एक निर्णायक हस्तक्षेप थिए, जसले जीवनको सतहमा मात्रै तैरिरहेका भावनाहरूलाई वास्तविकता ठानेको थियो । उनका कथाहरू घटनाबाट होइन, प्रक्रियाबाट बन्ने गर्दछन् । उनी जीवनलाई घट्दो रूपमा होइन, बन्ने–टुट्ने रूपमा हेर्छन् । उनका कथाहरू पढ्दा मानसिक, सामाजिक र नैतिक शक्तिहरूका केन्द्रीत भएका पाइन्छन् ।
ज्ञानरञ्जनको ‘घण्टा’ शीर्षकको कथा पढ्दा ‘पेट्रोला’को उक्त डुबेको ठाउँ उजागर हुन्छ, जहाँ नागरिकता मन्द थियो, भाषा खरानी जस्तो थियो र सत्य बोल्ने मूल्य निर्धारण गरिएको थियो । घण्टा कथामा ‘पेट्रोला’ यस्तो ठाउँ थियो जहाँ नागरिकहरूको कुनै सरोकार थिएन । घण्टाको कथानायक त्यहाँ बसेर मात्र मदिरा पिउँदैनन्, उनी आफ्नो समयको सत्ता, सभ्यता र बौद्धिक दलालीबीच पिसिँदै गर्दा पनि जोडले हाँस्छन् । यो हाँसो कुनै राहतको होइन, तर भित्री तहसम्म जमेको क्रोध, आत्मग्लानि र असहाय प्रतिरोधको हाँसो हो । ज्ञानरञ्जन पनि त्यस्तै कथाकार थिए । उनको लेखन सजिलो स्थानबाट होइन, तर समाजको तलहटबाट निस्कने गथ्र्यो, तर यस्ता प्रभावशाली कथाकारको दुःखद् निधन भएको छ । भारतले एउटा महान साहित्यिक प्रतिभा गुमाएको छ । गत बुधबार ९० वर्षको उमेरमा, जबलपुरमा उनको निधन भएको छ ।
ज्ञानरञ्जनका मित्र हिन्दीका चर्चित कवि आलोक धन्वा भावुक स्वरमा भन्छन्, उनको अनुपस्थिति अब कहीँ बढी गुञ्जिरहेको छ । करिब ६० वर्षदेखि हामी एकअर्कालाई चिन्छौँ । ७० को दशकमा, जबलपुरको अग्रवाल काुलोनिको उनको घरमा म महिनाभर उनीसँगै थिएँ । आज एक–एक गर्दै उनका सबै कथाहरू याद आइरहेका छन् । कुल २५ कथाहरू उनले लेखेका थिए र प्रत्येक कथा अमर भइसकेको छ ।
साहित्यकार, सम्पादक, कलाकार शम्पा शाह भन्छिन् कि, पारम्परिक र आधुनिक जीवनशैलीको युद्ध स्थल बनेका हाम्रा शहरी मध्यम वर्गीय परिवार र तिनका सदस्यहरू नै ज्ञानरञ्जनका कथाहरूको परिवेश हुन् । यस परिवेशको विच्छेद, अप्ठ्यारो, आत्मसम्मान, विश्वासघात, अपथ्य, नक्कलीपन, वास्तविकता– सबै कुरा उनका कथाहरूले अत्यन्त समावेशी र गहिरो ढंगमा समेटेका छन् । ज्ञानरञ्जनका कथाहरूमा भाषा–संरचना–कथ्य उत्तिकै कडाइका साथ गाँसिएका हुन्छन् कि तिनीहरूलाई अलग गर्नै सकिँदैन । यहाँसम्म कि यी मध्ये एउटा विषयमा अलगढङ्गले कुरा गर्न पनि सकिँदैन । यसबारे पत्ता लगाउन तपाईं उनले लेखेका कहानी– जस्तैः ‘बहिर्गमन’ वा ‘घण्टा’ वा ‘फ्यान्सको इधर–उधर’ वा ‘बुबा’का कथ्यलाई कसैलाई सुनाउने प्रयास गरेर हेर्न सक्नुहुन्छ ।
त्यो कथाबाट कुनै वाक्य अलग गरेर मात्र सुनाएर हेर्नुहोस् । कथाको बनावटबाट बाहिर निकाल्दै लग्दा त्यो वाक्य त्यति प्रभावकारी रहँदैन, जब कि कथाको भित्र त्यो प्रायः यस्तो वाक्य हुन्छ जुन कथाबाट हटाउन त परै जाओस्, थोरै हल्लाउन समेत सकिँदैन । ज्ञानरञ्जनका कथाका पात्रहरू धेरै सोच्ने पात्रहरू हुन् । उनीहरू मुखर हुँदैनन्, तर तिनीहरूको भित्र निरन्तर एक बेचैनी काम गरिरहन्छ । तिनीहरूका कथाहरूमा सम्बन्ध भावनात्मक सजावट होइन, तर तनाव, असफलता, अपराधबोध र नैतिक द्वन्द्वले बनेको जटिल ढाँचा हुन्छ ।
कवि आलोक धन्वा भन्छन्– उनी हिन्दीका पहिलो कथाकार थिए, जसमा शहरप्रतिको आकर्षण थियो । तर उनको प्रत्येक कथामा प्रकृतिलाई अनिवार्य रूपमा समावेश गरिएको छ । उनी स्वयम् भन्थे कि प्रकृति बाहेक, उनी आफ्नो कथाहरूमा कहिल्यै शहर बाहिर गएनन् । उनी जुन शहरी र कस्वाई मध्यम वर्गको चित्रण गर्छन्, त्यही सम्पूर्ण सामाजिक व्यवस्थाको केन्द्र हो, जहाँ अवसरवाद पनि छ, बाध्यता पनि छ र प्रतिरोधको अधुरो आकांक्षा पनि । धन्वाका अनुसार, आफ्नो बहुचर्चित ‘बुवा’ कथामा पनि कथाकार ज्ञानरञ्जन कसैको नायकत्व निर्माण गर्दैनन् । यो कथा बुवाको सत्ताको महिमा मण्डन गर्दैन, बरु त्यो सत्ताभित्र लुकेको एकान्तता, कठोरता र दया एकसाथ देखाउँछ । पाठक लामो समयसम्म सोचिरहन्छ, कसको पक्षमा उभिने ?
ज्ञानरञ्जनले आफ्ना कथाहरूको बारेमा भनेका थिए, एक कथा शेष हँुदै धेरै सराहना प्राप्त ग¥यो, धेरै लोकप्रिय भयो । यो कथा प्रेमको निर्माणको कथा थियो । त्यसपछि म अर्को बाटोमा पुगेँ । मैले प्रेमको अमरतत्वमा होइन, प्रेमको विनाशका मात्र कथाहरू लेखेको छु ।
आफ्ना कथाहरूका लागि चर्चित, माक्र्सवादी विचारधारा र सङ्गठनहरूसँग सम्बन्धित ज्ञानरञ्जनले जब ‘पहल’ पत्रिकाको प्रकाशन शुरु गरे, तब यसलाई एक महŒवपूर्ण सार्वजनिक हस्तक्षेपको रूपमा हेरियो । यो पनि रोचक कुरा हो कि पहल कुनै विशेष प्रवृत्ति, समूह वा विचारधाराको पहिचानमा सीमित रहेन, बरु साहित्यिक विवेक, बौद्धिक इमान्दारी र प्रश्नपूर्ण चेतनाको पत्रिकाको रूपमा स्थापित भयो । कथाकार प्रभु नारायण वर्मा भन्छन् कि ज्ञानरञ्जनको आफ्नै फरक व्यंग्यात्मक भाषा र अनौठा विवरणहरूले उनका कथाहरू पाठकलाई चकित, अचम्भित र चिन्तित बनाउँछन् । धेरै कथाकारहरूमा उनको यो प्रभाव आज पनि देखिन्छ । तर, ज्ञानरञ्जनको अर्को महत्वपूर्ण भूमिका पहेल पत्रिकाको लामो समयसम्मको र स्तरयुक्त सम्पादन नै हो । लामो समयसम्म पहेल हिन्दीको उत्कृष्ट साहित्य र विचारको पत्रिका रह्यो ।
वर्षौं अघि ज्ञानरञ्जनले लेखेका थिए, हामीसँग महान स्रष्टाहरुलाई सम्झन, उनीहरुलाई बुझ्न र तिनीहरूप्रति कृतज्ञता व्यक्त गर्न धेरै पारम्परिक र सीमित तरिका मात्र छन् । गोष्ठी, व्याख्यान र किताब वा कुनै ट्रस्ट, नामले कुनै पुरस्कार वा एउटा मुर्तिले । यी बाटोहरूले हामी हाम्रा अद्वितीय स्रष्टाहरुलाई सम्झन्छौँ । ठूलो र लोकप्रिय लेखकलाई जिÞन्दाबाद भनेको धेरै पाइन्छ, तर प्रायः परम्परागत सम्झनाबाट अघि उनीहरूको भित्री संसारको महानतासम्म पुग्नु धेरै पटक बढी कठिन हुन्छ ।
ज्ञानरञ्जनको कथा ‘बुबा’को मुख्य पात्र एउटा त्यस्तो नैतिक अडानको प्रतिनिधि हो, जसले सुविधा, आग्रह र सम्झौता, तीनैलाई अस्वीकार गर्दछ । राति बाहिर एक्लै सुत्नु उसको लागि पीडाको विकल्प होइन, बरु आत्मसम्मानको शर्त हो । यो मौन कुनै निष्क्रिय शून्यता होइन, बरु यस्तो नैतिक अभिव्यक्ति हो । यी माथिका कथनहरुबाट ज्ञानरञ्जन र उनका सिर्जनाहरुको विशेषता बुझिन्छन् । ज्ञानरञ्जन आफ्नो ९० वर्षको यात्रामा आफैं पनि जीवन र साहित्यमा ती ठाउँहरूबाट बाहिर उभिएका देखिन्छन्, जहाँ सहमति र सुविधा सजिलै उपलब्ध हुन्छ, तर उनी सरोकारपूर्ण चिन्तन, लेखन र पठनको दुनियामा अन्तिम समयसम्म सक्रिय रहिरहे ।
(बिबिसी, आलोक पुतुलको आलेखको सहयोगमा)




























