भद्रपुर बिमानस्थलबाट ब्राउन सुगरसहित एक महिला पक्राउ

0
9

भद्रपुर ।

झापाको भद्रपुर नगरपालिका–८ भद्रपुर बिमानस्थलबाट एक ४४ ग्राम चार सय मिलिग्राम लागू औषध ब्राउन सुगर सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्लाको खार्पुनाथ–२ की २६ वर्षीया रोशनी बुढाले लुकाई छिपाई राखेको एक ४४ ग्राम चार सय मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको बुढाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भई रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here