झापा । नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा आफ्ना क्रियाशील सदस्य बलराम कार्कीलाई साधारण सदस्यताबाट निलम्बन गरेको छ ।
कांग्रेस बिर्तामोड नगर समितिका अनुसार बिर्तामोड–१ निवासी कार्कीले पार्टीको विधान, नीति तथा अनुशासन विपरीत गतिविधि गरेको पुष्टि भएपछि विधानबमोजिम कारबाही गरिएको नगर सभापति भोजराज सिटौलाले जनाएका छन् । उनलाई आज माघ २० गतेदेखि लागू हुने गरी साधारण सदस्यताबाट निलम्बन गरिएको सिटौलाले उल्लेख गरेका छन् । पछिल्लो समय स्थानीय राजनीतिक गतिविधिमा उनको भूमिकालाई लिएर पार्टीभित्र असन्तुष्टि बढ्दै गएको बुझिएको छ ।
कांग्रेसले पार्टी अनुशासन सबै सदस्यका लागि अनिवार्य रहेको उल्लेख गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ विधान कार्यान्वयन गरिने सभापति सिटौलाले बताए ।































