झापा, झापाको अर्जुनधारामा आज भएको ट्रयाक्टर दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु भएको छ।
अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा प्र १–०१–००१ त ९०१० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरको सह–चालक हर्क श्रेष्ठका छोरा सरोज श्रेष्ठ ढलाबाट खस्दा पछाडिको चक्काले किचिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र वहादुर खड्काले जानकारी दिनुभयो।
घाइते बालकलाई तत्काल शंखर अस्पताल, शनिश्चरे लगिएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




























