झापा ।

लामिछाने थापा क्षेत्री समाज नेपाल झापाको दोश्रो अधिवेशनबाट पुनः कुमार थापा सर्वसम्मत चयन भएका छन् ।
झापाको कनकाई नगरपालिका स्थित कोटिहोममा भएको अधिवेशनले थापालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको बताइएको छ । केन्द्रिय अध्यक्ष श्यामबाहादुर थापाको प्रमुख आथित्यमा भएको कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, पूर्व क्षेत्रिय समितिका सचिव पदमबहादुर थापा लगायतको आतिथ्य रहेको थियो ।

जिल्ला अध्यक्ष कुमार थापाको अध्यक्षता भएको कार्यक्रममा सहभागिहरुले बन्धुहरुको एकता, सदभाव र सहयोगलाई एककृति गर्दै आफ्नो वंशको विकासका लागि काम गर्ने जनाइएको छ ।
कार्यक्रममा समाजले गरेका काम र गर्नु पर्ने कामको बारे स्पष्ट पार्दै अतिथीहरुले शुभकामना दिएका थिए । अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको बताइएको छ ।































