श्री गणेश नर्सरीको बार्षिकोत्सवमा हिमाल सागर

0
4

बाहुण्डाँगी ।

श्री गणेश नर्सरी मेचीनगर-२ को दोस्रो बार्षिक उत्सव मंगलवार सम्पन्न भएको छ ।

मेचीनगर २ सरस्वती टोलमा बार्षिक उत्सव तथा सांगितिक साँझको रुपमा आयोजित कार्यक्रममा चर्चित गायक हिमाल सागरको विशेष प्रस्तुती रहेको थियो । हिमालले एक दर्जन भन्दा बढी उनका चर्चित गीतहरु गाएर दर्शकलाई मनोरन्जन गराएका थिए । यसैगरी सोही अवसरमा अर्का कलाकार सन्तोष पन्तको समेत विशेष प्रस्तुती रहेको थियो ।

यसैगरी स्थानिय कलाकारहरुले पनि विभिन्न गित गाएका थिए । नर्सरीका सन्चालन भीम भट्टराई (दिनेश) को सभापतित्व तथा वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यवसायी आनन्द डालमिया, थेसीज अंग्रेजी स्कुलका प्रिन्सिपल डम्बर रुचाल, कृषि वृज्ञ जगननाथ आचार्य, शिवशक्ति गु्रप अफ कम्पनीका म्यानेजर मनोज लम्साल, व्यवासायी बालकुमार बानियाँ, डम्बर कोइराला, राजु बस्नेत, कुमार आचार्य, कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक राजन गिरी, भानु माविका अध्यक्ष सोम वनलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन देबु बानियाँले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here