वीरता जेसीजको अक्षयकोष वृद्धि

0
21

बिर्तामोड । संस्थाको दीगो आर्थिक सुदृढीकरण र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित वीरता जेसीज बिर्तामोडले आयोजना गरेको अक्षयकोष वृद्धि कार्यक्रम सम्पन्न भएको छ ।  

कार्यक्रममा वीरता जेसीजका पूर्व कोषाध्यक्ष जेसी अनन्तलाल महतोले आफ्नो जन्मदिनको अवसर पारेर अक्षयकोषका लागि ११ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । उहाँको योगदानलाई संस्थाप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा सहभागीहरूले प्रशंसा गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै निर्मल भट्टराईले अक्षयकोषले संस्थाको भविष्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वीरता जेसीजले समाजमा खेलेको भूमिकाको समेत चर्चा गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने , संघका पूर्व अध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष जेसी घनश्याम चौधरी, औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्कालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा वीरता जेसीजका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसअघि सोही दिन वीरता जेसीजले ‘आफ्नो घर, आफ्नो आश्रम’मा आश्रित फरक क्षमताका अभिभावकहरूलाई खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरेको थियो । औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम जनसम्पर्क अधिकारी अजय चौधरीको संयोजकत्वमा गरिएको हो ।

कार्यक्रममार्फत वीरता जेसीजले ‘Together We Can’ भन्ने मूल भावनाअनुरूप संस्थागत स्थायित्व र सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्‍याएको छ । कार्यक्रमको आस्था वाचन सुमन पोद्दारले गर्नुभएको थियो भने संयोजन कार्यकारिणी उपाध्यक्ष जेसी प्रभात मास्केले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव सुबास तिखत्रीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here