बिर्तामोड ।

झापाको बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एकेडेमी र एभरेष्ट स्पोट्स एकाडेमीको आयोजनामा भएको तेस्रो हरिकुमार प्रसाईं स्मृति जिल्ला स्तरीय अन्तरविद्यालय यु–१३ नकआउट फुटबल प्रतियोगिताको उपाधि कन्चन अंग्रेजी स्कुलले हात पारेको छ ।
२० वटा बिद्यालय सहभागी रहेकोे प्रतियोगिताको फाइनलमा निदी र कन्चन अंग्रेजी बिद्यालयबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कन्चन अंग्रेजी स्कुलले २–० को अन्तरले निदीलाई पछि पार्दै उपाधि हात पारेको हो ।
एभरेष्ट स्मार्ट एकेडेमी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा–११ फुटवल क्लवका अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, राष्ट्रिय उपभोक्ता मञ्च, झापााका अध्यक्ष मदनगोपाल सुब्वा, बिर्तामोड नगर शिक्षा शाखा अधिकृत जानुका रेग्मी, प्याब्सन बिर्तामोड अध्यक्ष सुरेन्द्र खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत गर्दै विद्यालयका प्रिन्सिपल अनुप शर्माले विद्यालयका संस्थापक प्रसाईंको स्मृतिमा हरेक बर्ष उक्त प्रतियोगिता हुँदै आएको जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक तृष्णा अधिकारीले गरेकी थिइन् ।
प्रतियोगितामा सुनभागा स्कूल, टावर टेम्पल, गोमेन्द्र, बाल बाटिका, चिल्ड्रेन इन्भारोमेन्ट, मेची मोडल, निधि, ग्रिन फिल्ड, ब्रिलियन्ट पिपुल्स, देवकुल, होलीवेल, वेल्स मोडल, कञ्चनजंघा, कञ्चन, सूर्योदय, हरिकुल, बाल्मीकि प्रोभिडेन्स र न्यूट्न्स एजुकेशन एकाडेमीले भाग लिएका थिए ।



























