जलथल जंगलमा जंगली हात्ती मृत फेला

0
5

झापा । झापाको जलथल जंगलमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

कचनकवल गाउँपालिका–७ स्थित दीपज्योति सामुदायिक वनभित्र आज दिउँसो करिब ३ः३० बजे भाले जातको जंगली हात्ती मृत अवस्थामा भेटिएको हो ।

हात्ती मृत फेला परेपछि सामुदायिक वनका पदाधिकारीले डिभिजन वन कार्यालय चन्द्रगढीमा जानकारी गराएका थिए । त्यसपछि डिभिजन वन कार्यालयबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सद्गत गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here