माँ लक्ष्मी सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न

0
13

झापा, माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था को १७ औँ वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवेन्द्र कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका–४ का वडा अध्यक्ष राहुल शर्मा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष राजकुमार राजवंशीले स्वागत मन्तव्य रहेका थियो भने लेखा समिति संयोजक मनोज कुमार रौनियारले सञ्चालन गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष धर्मेन्द्र माझी तथा बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्य निर्मल भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी का झापा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार भद्रप्रसाद नेपाललगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको विकास र वित्तीय सुदृढीकरणका विषयमा जोड दिएका थिए ।
साधारणसभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्तातर्फ श्यामसुन्दर अग्रवाल, उत्कृष्ट उद्यमी (ऋणतर्फ) अइजुल खातुन र उत्कृष्ट कर्मचारीका रूपमा देउमाया रेग्मी सम्मान गरिएको थियो ।
त्यसैगरी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी सौरभ अग्रवाल र नवनिता शाहलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट पत्रकारका रूपमा पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै सहकारीमा दुई महिनासम्म कार्यवहाक अध्यक्षको जिम्वेवारी सम्हालेका सत्रुघन प्रसाद गुप्तालाई समेत सम्मान गरिएको थियो ।

संस्थाका अनुसार हाल सहकारीमा एक हजार ७६५ शेयर सदस्य रहेका छन् । सहकारीको शेयर पूँजी रु एक करोड ५९ लाख ६४ हजार १००, निक्षेप रु तीन करोड १७ लाख ७० हजार ६१४ र ऋण लगानी रु दुई करोड २६ लाख ६२ हजार ४५७ रहेको जानकारी दिइएको छ ।
कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष घनश्याम चौधरी, कर तथा परामर्श सेवा सञ्चालक भुपेन्द्र भण्डारी सहितको उपस्थिति रहेको थियो । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखा प्रतिवेदन तथा आगामी कार्ययोजना पारित गरेको सहकारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here