सिर्जना शिशु सदनको ३४औं वार्षिकोत्सव सम्पन्न

0
2
अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका–९स्थित सिर्जना शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको ३४औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक विशाल बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले उद्घाटन गरेका थिए ।
शिक्षक प्रमिला तामाङले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वार्षिक खेलकुद कार्यक्रम–२०८२का विजेताहरुलाई पुरस्कार वितरण, विभिन्न विधामा १५ जना अभिभावकलाई सम्मान, गीत, नृत्य, रायम्स, नाटक मञ्चन, फेसन सो, कराते प्रदर्शन आदि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्याब्सन झापाका सदस्यद्वय कुमार राया र शुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार रुद्र सिटौला, सल्लाहकार राजेशकुमार आचार्य, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवीमाया श्रेष्ठ, विद्यालयकी संस्थापक शान्ता बुढाथोकी, अभिभावक समितिका सदस्यद्वय कञ्चन पोर्तेल र जीतबहादुर कुमाललगायतको आतिथ्यता रहेको थियो ।
अर्का शिक्षक सपना शेर्पाले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दीपेशकुमार पनेरुले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here