इलाममा सवारी दुर्घटना एक जनाको मृत्यु

0
2

इलाम ।

मेचीराजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ पाल्टाङ्गेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिर्तामोडबाट इलामतर्फ आउँदै गरेको प्र१–०१–०१८ प १५२० नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका–५ बस्ने अन्दाजी ३१ वर्षीय टिङ्कु साहले ब्रेक लगाउने क्रममा पछाडि सवार सोही स्थानका करिब ५० वर्षीय मनोज चौधरी अचानक मोटरसाइकलबाट लडेका थिए।

त्यस क्रममा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले उनको टाउको किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ। उनको अवस्था बोल्न सक्ने रहेको बताइएको छ।

ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ बस्ने करिब ३० वर्षीय हरि नारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here