सुन्दरहरैँचामा बमजस्तो देखिने शंकास्पद वस्तु फेला

0
16

मोरङ ।

मोरङको सुन्दरहरैँचामा बुधबार अपरान्ह बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१० स्थित सडकको उत्तर साइडमा कालो टेपले बेरेको र कालो तार बाहिर निकालिएको अवस्थामा सानो डल्लो भेटिएको हो ।

अहिले इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ । उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

उक्त वस्तु बम हो वा हैन भन्ने यकिन छैन । बिहीबारको प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उक्त वस्तु राजमार्गमा राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here