इलाम १ मा काग्रेसको अग्रता कायमै, श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ संग कडा टक्कर

0
46

विमल दहाल, फिक्कल ।

इलाम क्षेत्र नं. १ मा दलहरु विच तिब्र प्रतिस्पर्धा भई रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका निस्कल राईले अहिले पनि अग्रता लिईरहेको छन्।

निश्कल राई (रुख)ले १३६३१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ लिम्बू(अञ्जुलीमा माटो) ले १३२८६ मत प्राप्त गरेका छन। दुई विच मतान्तर ३४५ रहेको छ ।

४१ वटा वडा रहेको इलाम क्षेत्र नम्बर-१ अन्तर्गत अन्तिम सुर्योदय वडा नम्बर १३ र १४ को गणना हुन वाँकी रहेको छ । निकै रोमान्चक प्रतिस्पर्धामा केहि समय अघि सम्म नेकपा एमालेका काजीमान कागते (सुर्य)ले अग्रता लिएका थिए। अहिले उनी ११५६१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल (घण्टी)ले ८८१६, नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राई (तारा)ले ७१३० मतका साथ पछ्याई रहेका छन्।

हालसम्म गणना भएका केन्द्रहरु इलाम १०, सन्दकपुर, माईजोगमाई, रोङ गाँउपालिका, माई नगरपालिका ७ वटा वडा र सुर्योदय नगरपालिका वडा नं -१ देखी ११ नम्बर वडा सम्म गणना सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here