ब्राउन सुगर सहित चार जना पक्राउ

0
15

विराटनगर ।

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमक झापाले मे ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका–६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई तीन ग्राम चार सय ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

उता सुनसरीको इनरुवा नगरपालिका–४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी–१८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी–१७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी–४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान–२० का ३३ बर्षीय अर्जुन राईलाई एक ग्राम चार सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चारै जान विरुद्ध अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here