झापा, नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको बैठकले पार्टीहितविपरीत गतिविधि गरेको आरोपमा दुई जना जिल्ला सदस्यसहित पाँच जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि सिफारिस गरेको छ ।
जिल्ला सभापति देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न बैठकपछि पार्टी सचिव कृष्ण हुमागाईंले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो ।
विज्ञप्ति अनुसार जिल्ला सदस्य ठमनाथ नेपाल ९झापा० र मुना भट्टराई ९बुद्धशान्ति० तथा क्षेत्रीय प्रतिनिधि शम्भु खड्का ९कनकाई०, टेकनारायण संग्रौला ९कनकाई० र दिपिन्द्र थापा ९गौरीगञ्ज० लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको छ ।
विज्ञप्तिमा उनीहरूले केही समयअघिदेखि पार्टीहितविपरीत गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको पाइएपछि निष्कासनको निर्णय गरिएको उल्लेख गरिएको छ ।




























