गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

0
3
गण्डकी,
गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपातिकतर्फ पनि सर्वाधिक मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो ।
सूचना अधिकारी न्यौपानेले उहाँका अनुसार प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल पाँच लाख २५ हजार ६३५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले दुई लाख सात हजार ३८७ मत प्राप्त गरेको छ ।
नेकपा (एमाले)ले एक लाख ५२ हजार ५८७ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ५७ हजार ८७६ मत प्राप्त गरेको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ५५६ मत र श्रम संस्कृति पार्टीले १८ हजार ९९ मत प्राप्त गरेको छ ।
प्रदेशमा राष्ट्रिय जनमोर्चाले सात हजार ७७०, राष्ट्रिय परिवर्तन पार्टीले तीन हजार २२६, मङ्गल नेसनल अर्गनाजेसनले दुई हजार ८५५, प्रगतिशील लोकतान्त्रिक पार्टीले दुई हजार ५४८, नेपाली जनता संरक्षण पार्टीले एक हजार ९४९, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले एक हजार ४१९, नेपाल कम्युनिष्ट पार्टी माओवादीले एक हजार ३७८, नेसनल रिपब्लिक नेपालले एक हजार ३४४ र जनमत पार्टीले एक हजार २११ मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here