झापा, फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उल्लेख्य मत प्राप्त भए पनि संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ बहुमत नपुगेको अवस्थामा राप्रपाले सर्तसहित समर्थन गर्न सक्ने संकेत दिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमथ थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै हिन्दू राष्ट्र स्थापनाको पक्षमा उभिएमा आफूहरू समर्थन गर्न तयार रहेको बताएका हुन्।
उनले धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दू राष्ट्र बनाउने उद्देश्यले संविधान संशोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तयार भए राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने उल्लेख गरेका छन्।
थापाका अनुसार संसदमा दुई तिहाइ बहुमत पु¥याउन रास्वपालाई दुई सिट अपुग रहेको छ । उनले सम्भावित रूपमा बन्ने बालेन शाह नेतृत्वको सरकारलाई राप्रपाका पाँच जना सांसदले पूर्ण सहयोग गर्ने समेत बताएका छन्।





























