वीरता जेसीजद्वारा अक्षयकोष वृद्धि कार्यक्रम सम्पन्न

0
11

झापा । वीरता जेसीजको आयोजनामा संस्थाको अक्षयकोष सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको कोष वृद्धि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम वीरता जेसीजका कार्यवाहक अध्यक्ष जेसी प्रज्वल बिमलीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी राजेन्द्र चम्लागाईंको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लागाईंले संस्थाको दीर्घकालीन विकास र स्थायित्वका लागि अक्षयकोषको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यस्ता कोष वृद्धि कार्यक्रमले संस्थालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमकै अवसरमा वीरता जेसीजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर अक्षयकोषमा महत्वपूर्ण आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। उक्त योगदानप्रति दाता वसन्त ढकालको समेत उच्च प्रशंसा गरिएको थियो। कार्यक्रममा उपस्थित सदस्यहरूले दुवैजनाप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता कोष वृद्धि अभियानले वीरता जेसीजका सामाजिक तथा विकासात्मक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको थियो।

कार्यक्रमको संयोजन जेसी कृष्ण अग्रवालले गर्नुभएको थियो भने स्वागत मन्तव्य समेत उहाँले नै व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन महासचिव जेसी सुबाश तिखत्रीले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here