झापा ।

झापाको गौरादहमा चट्याङ परेर घरमा आगलागी भएको छ ।
शुक्रबार गौरादह–६ धोपा टोल बस्ने ५० वर्षीय अजयकुमार झाको टिनको छानो , बाँसले बारेको एकतले भान्सा घर र सँगै जोडिएको ग्वालीमा वर्षा र हावाहुरीसहित परेको चट्याङले आगलागी भएको हो । आगलागीबाट भान्सा घर र ग्वाली जलेर पूर्णरुपमा नष्ट भएको छ ।

भान्सा घरभित्र रहेको ग्यास सिलिन्डर, ८० केजी चामल, साइकल, बिद्युत् मिटर, वाईफाई राउटर, भाडा वर्तन, अन्नपात, फर्निचर र ग्वालीभित्र रहेको ६ वटा बाख्रा गरी अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको धनमाल क्षति भएको छ ।

प्रहरी चौकी कोहबराबाट खटिएको टोली , गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति १० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।































