सेतीदेवी मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु

0
9
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका–८ सातपत्रेस्थित सेतीदेवी मन्दिरमा शनिबारदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ संगीतमय महापुराण शुरु भएको छ ।
मन्दिर स्थापना भएपछि पहिलोपटक धार्मिक अनुष्ठानकोरुपमा आयोजना गरिएको उक्त महापुराणको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
यही चैत १३ गते रामनवमी पर्वको दिन सम्पन्न हुने महापुराणको कथा वाचन एवम् पाठ पारायण पण्डितद्वय इन्द्र अधिकारी र सन्तोष निरौलाले गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कटुवालले जानकारी दिए । महापुराणको अन्य उद्देश्यहरुमा मन्दिर निर्माण, अक्षयकोषको वृद्धि एवम् विभिन्न योजनाहरु सञ्चालनका लागि आवश्यक स्रोत जुटाउने रहेको बताइएको छ ।
महापुराणअन्र्तगत दैनिक स्थानीय कलाकारहरुबाट भजनकिर्तन, सम्मानलगायतका कार्यक्रमहरु सञ्चालन हुने बताइएको छ । समितिका अध्यक्ष कटुवालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष तुलसीराम गौतमले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी चर्तुभूज काफ्लेले गरेका थिए ।
महापुराण उद्घाटनअघि विभिन्न झाँकीसहितको कलश यात्राले अर्जुनधारा–८ र ७ का विभिन्न स्थानमा परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here