भद्रपुर ।

भद्रपुर नगरपालिका-६, बंगाली टोल निवासी ४५ वर्षीया इना मण्डल विगत चार वर्षदेखि क्यान्सर रोगबाट पीडित भई थलिएकी छिन् । लामो समयदेखि उपचार गराउँदै आएकी उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर बन्दै गएको छ ।
परिवारको नाजुक अवस्थाका कारण उनको उपचार मात्र होइन, दैनिक घर खर्च व्यवस्थापन गर्न समेत कठिनाइ भइरहेको छ । उनका पति महादेव मण्डल र एक छोरा दैनिक ज्याला मजदूरी गरेर जेनतेन परिवार धानिरहेका छन् भने उनकी छोरी कक्षा–११ मा अध्ययनरत छिन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेकी इना मण्डलले उदारमना सहयोगदातासँग सहयोगको अपिल गरेकी छिन् । गम्भीर रोगसँग सङ्घर्ष गरिरहेकी उनलाई बचाउन आर्थिक सहयोग आवश्यक रहेको परिवारले जनाएको छ ।
उनको उपचारमा सहयोग गर्न इच्छुक महानुभावहरूले उपलब्ध क्यूआर कोड नम्बर २२२२३४००२०६५२००२ मार्फत यथाशक्य आर्थिक सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।































