लागू औषध सहित पाँच जना पक्राउ

0
2

विराटनगर।

झापा, मोरङ र सुनसरीबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थितमा चेकजाँचको क्रममा सर्लाही ईश्वरपुर नगरपालिका–४ घर भई हाल अर्जुनधारा नगरपालिका–११ स्थितमा डेरा गरी बस्दै आएका ३१ बर्षीय सनम बुर्जा मगरको साथबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रण लिएको हो ।

त्यस्तै मोरङको बिराटनगर–१६ बाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरले बिराटनगर–१५ का मोहन चौधरीलाई चार ग्राम ६५० मिलिग्राम सहित र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनूसन्धान समुहले सुन्दरहरैँचा नगरपालिका–६ का बिपिन दाहाललाई एक ग्राम ४९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

उता सुनसरीको धरान–१५ बाट अस्थायी प्रहरी चौकी श्यामचोकले सोहि स्थानका अजय खड्गी र विशाल राईलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन र डिकोलिक १२२० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here