गत वैशाखयता देशभर ७ हजार २३१ विपद्का घटना

0
1

काठमाडौँ,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि हालसम्म देशभर ७ हजार २३१ वटा विपद्का घटना भएका छन् ।

प्राधिकरणका अनुसार ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा ४ सय ७९ जनाको मृत्यु भएको छ भने १ हजार ८०० जना घाइते भएका छन् ।

तथ्यांकअनुसार सबैभन्दा बढी ३ हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षाका ४४२, चट्याङका ४०६ र सर्पदशका ६०० घटना भएका छन् ।

त्यस्तै, वन डढेलो २७९, हुरीबतास ४५१, जनावर आक्रमण ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका छन् । यस अवधिमा भूकम्पका सात, असिनाका दुई, डुङ्गा पल्टेका दुई तथा असिनासहित हुरी र शीतलहरका एक–एक घटना भएको प्राधिकरणले जनाएको छ ।

यसैबीच, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म मात्रै २६ वटा विपद्का घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपद्मा परी १० जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here