झापा, बुद्धशान्ति गाउँपालिकामा सालको काँचो गोलियासहित अटो र चालक पक्राउ परेका छन् ।
हिजो साँझ करिब ७ः२० बजे बुद्धशान्ति–१ भोटेटारस्थित भोटेटार–बुधबारे पुलचोक भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा खटिएको गस्ती टोली र रोङ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत होमचन्द्र गौतमको नेतृत्वको टोलीले संयुक्त रूपमा अटो नियन्त्रणमा लिएको हो ।
भोटेटारबाट बुधबारे पुलचोकतर्फ आउँदै गरेको मे १ ह ४१४४ नम्बरको अटोमा साल जातको काँचो गोलिया ३ थान (अन्दाजी १० क्यु फिट) लोड गरी ल्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गोलियासहितको अटो र अटो चालक संयोग लिम्बूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ ।।































