पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक माथि ‘हेलचक्र्याईं गरी ज्यान मारेको’ अभियोग

0
10

झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक माथि ‘हेलचक्र्याईं गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनअघि सार्वजनिक “जेनजी आन्दोलन” जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूबाट गम्भीर लापरबाही भएको ठहर गरेको थियो । सोही लापरबाहीका कारण ज्यान जाने घटना भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता लागू हुने उल्लेख गरिएको थियो ।

प्रहरीले मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ उद्धृत गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । यी दफामा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । लापरबाहीका कारण कसैको ज्यान गएमा अधिकतम ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष गौरीबहादुर कार्की को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यस प्रकरणले तीव्र रूप लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here