ओली पक्राउविरुद्ध झापामा एमाले आन्दोलित, आकस्मिक बैठक आह्वान

0
3

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परे लगत्तै उनको गृह जिल्ला झापामा त्यसको कडा विरोध सुरु भएको छ।

एमाले झापाका अध्यक्ष प्रेम गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै घटनाको विरोध गरेका छन्। उनले ‘जलाउनेले चलाउने प्रतिशोध हो, पराइले पालेको बिरालोले खाँवो चिथोरेर लोकतन्त्रलाई तर्साउन खोज्दैछ’ भन्ने टिप्पणी गर्दै पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।

यसैबीच नेकपा एमाले झापाले आज बिहान ११ बजे पार्टीका विभिन्न तह र तप्काका पदाधिकारीलाई आकस्मिक बैठकका लागि पार्टी कार्यालय बोलाएको जनाएको छ। बैठकमा अध्यक्ष ओलीको पक्राउपछिको अवस्थाबारे रणनीति तय गरिने र आगामी आन्दोलनका कार्यक्रम घोषणा हुन सक्ने बताइएको छ।

ओली पक्राउ प्रकरणले राष्ट्रिय राजनीति तातिएको बेला झापामा सुरु भएको विरोधले थप राजनीतिक तरंग ल्याउने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here