सुनसरीमा नाबालिकामाथि कुटपिट प्रकरण : तीन जना नियन्त्रणमा, ५ दिन म्याद थप

0
3

सुनसरी । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोका आधारमा सुनसरीको बराहक्षेत्र क्षेत्रमा एक नाबालिकामाथि भएको कुटपिट घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गत चैत १२ गते विभिन्न सामाजिक सञ्जालमा बराहक्षेत्र नगरपालिका–२ स्थित पुनर्वासको वाईस बिघे जंगलमा १३ वर्षीया नाबालिकामाथि निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको थियो। सोही घटनालाई गम्भीर रूपमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा बराहक्षेत्र नगरपालिका–२ नहरचौक बस्ने २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई र एक १७ वर्षीय नाबालकलाई क्रमशः चैत १३, १४ र १५ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध बालबालिकाविरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनीहरुलाई आज जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here