Views: 97
झापा । नेकपा (एमाले)का सचिव महेश बस्नेतविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउका लागि सक्रियता बढाएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार बस्नेतविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको हो । तर उनी हालसम्म सम्पर्कमा नआएको स्रोतले जनाएको छ ।
“उहाँलाई उजुरी परेपछि सम्पर्कमा आउन भनिएको थियो । तर सम्पर्कमा आउनुभएको छैन, फोन पनि लागिरहेको छैन । हामी खोजी गरिरहेका छौँ,” स्रोतले भन्यो ।
प्रहरीले सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र पारेको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।






























