वर्षा पीडितलाई राहतको खाँचो

0
2

झापामा यही शुक्रबार राति आएको हावाहुरी र बेमौसमी वर्षाले ठूलो क्षति पु¥याएको छ । हावाहुरीले विभिन्न ठाउँका घर तथा घरसँगैका अन्य संरचनाहरुमा क्षति पुग्दा स्थानीयको लाखौं रुपैयाँ बराबरको दक्षिणी झापाका इँटा उद्योगमा करोडौंको नोक्सानी भएको छ । झापा जिल्लाको गौरादह, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका–३ मा हावाहुरीले स्थानीयका घर, ग्वालीका साथै उनीहरुले पालेका पशुपंक्षीमा समेत क्षति पुगेको छ । त्यस्तै झापाको कचनकबलमा सञ्चालित इँटा उद्योगमा बेमौसमी वर्षाले तयारी गर्दै गरेको काँचो इँटा नष्ट भएको छ ।

जिल्लामा चौबीस वटा इँटा उद्योग सञ्चालनमा छन् । विभिन्न पालिकामा रहेका ती उद्योगमा अहिलेको बेमौसमी वर्षा र हावाहुरीले एक करोड रुपैयाँभन्दा बढीको क्षति पु¥याएको छ । उद्योगका अनुसार एउटा काँचो इँटा उत्पादन गर्न पाँच रुपैयाँसम्म खर्च लाग्छ । प्रति उद्योगमा तीनदेखि बाह्र लाखसम्म इँटा तयारी गरिन्छ । यस हिसाबले सबै उद्योगको गरी करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको इँटा उद्योग संघका जिल्ला सचिव विष्णु घिमिरेले जानकारी दिएका छन् ।

काँचो इँटा असमयको वर्षाले भिजेपछि त्यसलाई पोल्न आगोको तापक्रम बढाउनुपर्छ । तापक्रम बढाउन कोइलाको खपत बढ्छ, जसले उद्योगलाई थप आर्थिक भार पर्न जान्छ । उद्योगीका अनुसार काँचो इँटा पोल्न पुस मसान्त पर्खिनुपर्छ । भुइँमा बनाएका सुकाउने समयमा भएको वर्षाले उद्योगीका मेहनत र लगानी नष्ट हुन्छ । त्यसो त बेमौसमी वर्षाका फाइदाहरु पनि छन् । पछिल्लो समय बढ्दो प्रदूषणले स्वास्थ्य सम्बन्धी जटीलता थपिँदैछ । यस्तोमा धुलो नियन्त्रण तथा वायु प्रदूषण कम गर्न बेमौसमी वर्षाले सहयोग गर्छ ।

खडेरीको समयमा हुने आगलागी तथा बन डढेलोले आर्थिक क्षति हुनुका साथै प्रदूषण बढाउँछ । खडेरीको समयमा हुने बेमौसमी वर्षाले आगलागी र वन डढेलो निभाउन मद्दत पुग्छ । त्यस्तै लामो समयदेखि सुख्खा रहेको जमिनमा किसानलाई खेती तथा सिञ्चाइमा सहयोग पुग्छ । यस्तो वर्षाले कति हिमाली क्षेत्रमा हिमपात हुँदा अन्नबाली सप्रिने कारणले किसान हर्षित हुन्छन् । यस्तो अवस्थामा क्षति न्यूनीकरण र पीडितलाई राहत दिन सरकारले प्रभावकारी उपाय अपनाउनुपर्छ । कृषि तथा कृषिजन्य उद्योगमा हुने क्षतिमा राहत उपलब्ध गराउन संरक्षणको नीति अवलम्वन गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here