चिरान काठ सहित पिकअप, चालक र सहचालक पक्राउ

0
2

विमल दहाल/इलाम,

इलामकाे माई नगरपालिकामा आईतबार अबैध चिरान काठ सहित पिकअप गाडी चालक, सहचालक पक्राउ परेका छन्।

माई नगरपालिका वडा नं-६ पलाँसेवाट लारुम्बा हुदै झापा दमक लाने क्रममा बिहान १:३५ वजे पँलासे- लारुम्बा सडकवाट ६८ थानको ६१ दशमलव ७ क्युविक फिट चिरान काठ सहित पिकअप, चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज विजय राईले जानकारी दिनुभयो।

प्रदेश १-०१-००१-१६ च ६५४१ नम्बरकाे पिक अपमा अबैध सखुवा चिरान काठ लुकाइ छिपाइ लगिदै गरेको सुचनाकाे आधारमा प्रहरी चाैकि लाेदियाबाट प्रहरी नायब निरीक्षक बिजयकुमार राईकाे नेतृत्वमा खटिएको प्रहरी गस्तिले काठ सहित पिकअप नियन्त्रणमा लिएर मााई सव डिभिजन वन कार्यालय सुखानीमा बुझाएको छ।

पिकअप चालक माङसेबुङ गाँउपालिका वडा नम्बर-४ बस्ने बर्ष २९ काे मनिश श्रेष्ठ र सोही स्थान बस्ने सह-चालक बर्ष २६ संजय राईलाई नियन्त्रणमा लिएको प्रहरी इन्चार्ज बिजय कुमार राईले जानकारी दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here