झापा, बिर्तामोडका व्यवसायी प्रदिप मित्तलले प्रहरी समक्ष गिरफ्तारी दिएका छन् ।
यौन दुव्र्यवहार अभियोगमा मुद्धा दर्ता भएसंगै मित्तलले इलाका प्रहरी कार्यालय धुलवारी समक्ष गिरफ्तारी दिएको प्रहरीले जनाएको छ । उनले लिखित निवेदन सहित प्रहरी समक्ष गिरफ्तारी दिएको बताइएको छ ।
निवेदनमा उनले प्रहरीलाई अनुसन्धानमा सहयोग पु¥याउने उल्लेख गरेका छन् । उनी केही दिन अघिदेखि फरार रहेका थिए ।
प्रहरी समक्ष गिरफ्तारी दिएका मित्तलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रवहादुर खड्काले जानकारी दिए ।































