बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम

0
3

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) रोग नियन्त्रणसम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिका वडा नं. १ स्थित पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा बर्ड फ्लु रोगको जोखिम, रोकथामका उपाय र जनचेतना अभिवृद्धिमा जोड दिईएको हो ।

कार्यक्रममा बर्ड फ्लु रोगको पहिचान, संक्रमणबाट जोगिने उपाय तथा फ्रेस हाउस सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा सहभागी नगरभित्रका फ्रेस हाउस सञ्चालकहरूलाई जानकारी दिनुभएको थियो।

नगरपालिकाका पशु चिकित्सक डा. आशिष देवको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडाध्यक्षहरू भीम राई र उद्धवराज बस्नेत, कार्यपालिका सदस्यहरू सिता भूषाल र मन्जु राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख तुल्सीराम अर्याल, नगर प्रहरी प्रमुख योगेन्द्र श्रेष्ठ तथा जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगर, पशु स्वास्थ्य शाखाका प्राविधिक लक्ष्मी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशु विकास अधिकृत डा. अजय कुमार शाहले सहजीकरण गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here