पथरी शनिश्चरे-८ मा आरन र ठेकी बनाउने तालिम तथा ठेकी उद्योग अनुदान

0
9

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नं८ ले आरन र ठेकी बनाउने तालिम सहित ठेकी उद्योग अनुदान कार्यक्रम सञ्चालन गरेको छ।

आज मंगलबार वडा नं. ८ को सभाहलमा आरन तथा ठेकी उद्योग अनुदान कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा बासीहरूले परम्परागत रूपमा वर्षौंदेखि पेशा र व्यवसायको रूपमा सञ्चालन गर्दै आएको ठेकी बनाउने, तोङ्बाको भाडा बनाउने लगायत काष्ठजन्य सामाग्रीहरु बनाइरहेका ७ जना युवा उद्यमीलाई काठ दुलो पार्ने मोटर र आरन संचालन गर्ने युवा उद्यमीलाई आगो फुक्ने विद्युतीय मेसिन र हतियार धार लगाउने विद्युतीय मेसिन वितरण गरिएको छ ।

गत वर्ष पनि वडाले आरन संरक्षण कार्यक्रम अन्तर्गत वडाभित्रका परम्परागत अरु आरनहरुलाई आगो फुक्ने विद्युतीय मेसिन लगायतको सामाग्री वितरण गरेको थियो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उक्त तालिमका सहभागीहरुलाई ती मेसिनहरू वितरण गर्नुभएको थियो।

वडाध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here