बचत तथा ऋण सहकारीको आत्म–प्रेरणात्मक कला सम्बन्धी तालिम 

0
13
बिर्तामोड । 
६९ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापाको आयोजनामा मूल्यवान सदस्यलाई सन्तुष्ट पार्नका लागि आत्म–प्रेरणात्मक  कला सम्बन्धी एक दिने तालिम बिहीबार सम्पन्न भएको छ ।
जिल्लामा रहेका १९० वटा बचत तथा ऋण सहकारी संस्थामध्ये १६३ वटा संस्थाका बजार प्रतिनिधिहरुलाई लक्षित गरी झापाको बिर्तामोडमा आयोजना गरिएको उक्त तालिमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले उद्घाटन गरेका थिए ।
व्यवस्थापन विज्ञ डा. रामराज प्रताप भण्डारी सहजकर्ता रहेको उक्त तालिममा संस्था, कर्मचारी, सदस्य र  अन्य सरोकारवालासहित विविध ठोस र प्रभावकारी वातावरणबिचको अन्तरसम्बन्ध, सहकारीमा सदस्यको सेवा र सम्बन्धका मुख्य औजार तथा आयामहरुको व्यावहारिक र सैद्धान्तिक प्रयोग माथि छलफल, बजार प्रतिनिधि कर्मचारीहरुका चुनौती र आफूमा हुनुपर्ने विशेष ज्ञान र क्षमता माथि छलफल, सहकारी उत्पादनहरु तिनीहरुको यथोचित बजारीकरणलगायतका विषयमा सहजिकरण गरिएको थियो ।
संस्थाका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा १५० जना बढी बजार प्रतिनिधिको सहभागीता रहेको बताइएको छ । अध्यक्ष गिरीले तालिमको औचित्य र लेखा सुपरीवेक्षण समितिका संयोजक जगन्नाथ भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव विनोद ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here