विमल दहाल, इलाम।

इलाम माई नगरपालिकाको २०औ नगर सभा बिहीबार सम्पन्न भएको छ।
मेयर खम्बा सिं लिम्बुको सञ्चालन एवम अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि भट्टराईको समन्वय र उपमेयर हिमा भण्डारीले आर्थिक बर्ष ०८२/०८३को बजेट तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। संशोधन प्रस्तावमाथि छलफल गरी उठेका प्रश्नहरूको जवाफ दिँदै मेयर लिम्बुले निर्णयार्थ सभामा प्रस्तुत गर्नुभएको थियो।
सभामा माई नगरपालिकाको आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्ब सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक-२०८२ वडा नम्बर-३ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य देवकुमार तामाङको प्रस्ताव, वडा नम्बर-४ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य हेम वहादुर लायो मगरको समर्थनमा नगर प्रमुख लिम्बूले निर्णयर्थ प्रस्तुत गर्नुभएको थियो।

सभाले माई नगरपालिकामा यस अघि बिशेष नगरसभावाट छुट भएका कृषिजन्य वालि छुट राहात रकम प्रस्ताव निर्णयार्थ पेश भएकोमा वडा नम्बर २ का वडा अध्यक्ष उर्द वहादुर राईद्वारा परस्तावित थप २ जनाको नाम सहित १३७ परिवार किसानलाई राहत दिने प्रस्ताव नगर प्रमुख लिम्बुले सर्वसम्मत पारित गर्नुभएको थियो ।
सभाले विधुत प्राधिकरण संगको साँझेदारी कार्यक्रम, सुखानी सहादतस्थल निर्माण, कन्काई मावि तला थप, सोमवारे जिरो देखि देउराली सडक मर्मत, दोमुखा सडक मर्मत लगायतका योजना, वडागत योजना लगायत संसोधन गरेको छ ।































