बेलायतबाट स्थापित एक सबैभन्दा बहुचर्चित खेलको रुपमा फुटबल खेललाई लिइने गरिन्छ । फुटबल शब्द अंग्रेजी शब्दकोषबाट आएको हो जसलाई ‘फुट’ को अर्थ खुट्टा र ‘बल’ भन्नाले भकुण्डो भनेर बुझ्ने गरिन्छ । कृत्रिम रुपमा बनाइएको निश्चित आकारको दायराभित्र रहेर फुटबल खेल खेल्ने गरिन्छ । मैदानभित्र कूल २२ खेलाडी रहेपनि निश्चित क्षेत्र, ठाउँ, राज्य वा देशको प्रतिनिधित्वसहित २ समूहमा बिभाजित हुन्छ र जसको एक अर्का समूह पक्ष र प्रतिपक्षी रह
न्छ । प्रत्येक पक्ष वा प्रतिपक्षमा कूल ११÷११ जना खेलाडी समाबेश हुने गर्दछन् । जसलाई एउटा फुटबल टीम पनि भनेर बुझ्ने गरिन्छ । प्रत्येक टीममा एक गोल रक्षक रहने गर्दछ र गोल रक्षक बाहेक अरु कसैलाई हातले बल छुन पाउने नियम हुँदैन । निर्धारित ९० मिनेटमा यदि बराबर भए ३० मिनेट थपिएर वा त्यहाँ पनि जित्ने टीमको टुंगो नलागे पेनाल्टी सुटआउटको आधारमा फुटबलको साधारणतय नतिजा तय गरिन्छ । जसमा मुख्य रेफ्रिको भूमिका गर्ने निश्चित व्यक्तिको रहने गर्दछ ।
समयको बिकासक्रमसँगै फुटबलमा पनि आधुनिक र व्यवसायिक हुँदै गयो । जस्को शुरुवात बेलायतबाट सन् १८८६ मा बनाइएको ‘लब्ज अफ द् गेम’ नियमको आधारमा ‘द फुटबल एसोसिएसन’ नामक संगठन स्थापित भयो र त्यसै नियमको आधारमा यो खेल खेल्ने गरिन्छ ।’ फेडेरेशन इन्टरनेशन डी फुटबल एशोसिएसन’ वा एशोसिएसन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा फिफा भनेर बुझ्ने गरिन्छ । फिफा कै नियममा रहेर फुटबल खेल खेल्ने गरिन्छ । जसले प्रत्येक ४÷४ बर्षको अन्तरालमा फिफा वल्र्ड कपको आयोजना पनि गर्दै आएको छ ।
नेपालमा भने सन् १९३४बाट फुटबल खेल्न खेल्न शुरु गरिएको भन्ने इतिहासकारहरु बताउने गर्दछन् । तर सो समयमा दरबारभित्र मात्र सीमित गरिएको भए पनि क्रमिक रुपले खुल्ला रुपमा नै विभिन्न प्रतियोगिताहरुद्वारा यो खेलको बिस्तार भएको थियो भन्ने गरिन्छ । नेपालमा पनि सांगठनिक ढंगले व्यवस्थित र मर्यादित नेपाली फुटबललाई बनाउने उद्देश्यसहित बि.सं.२००८ मा ‘नेपाल फुटबल संघ’ नामक संस्था स्थापना भएको थियो । जसलाई छोटकरीमा एन्फा पनि भन्ने गरिन्छ ।
आज पनि फुटबल खेलको क्रेज अझ बढी रहेको छ । व्यवसायिक ढंगबाट अघि बढी रहेको उक्त खेल मैदान भित्र चलिरहँदा करोडौं फ्यान मैदान बाहिर हर ठाउँबाट आफ्नो मन पर्ने टीमलाई सपोर्ट गरिरहेका हुन्छन् । आफूले समर्थन गरिएको टीमले जितेमा धेरै नै ठूलो खुशी महशुस गर्ने गर्दछन् । अझ आफ्नै राष्ट्रकै प्रतिनिधित्व गरेर मैदानमा खेलिरहेको टीमको जीतको खातिर मैदान बाहिर रहेर आफ्नो देशको जीतको निमित्त हर प्राथना गर्ने गर्दछन् फ्यानहरु ।
सोही किसिमको फ्यान बनेर कुनै आफ्नो देशको समर्थन गर्न कुनै कञ्जुस्याई नगर्ने फ्यानहरु रहेको बिश्वमा नै उदाहरणीय देश हो– नेपाल । जब फुटबल टीमले देशको प्रतिनिधित्वसहित मैदानमा उत्रिएको हुन्छ तब करोडौं नेपाली मनहरुले जप्ने गर्दछन् मेरो देशले जितिदियोस् भनेर । तर विडम्बना धेरै बर्ष यता नतिजा उल्टो थियो, दर्शक निराश थिए, एकातिर भ्रष्टाचारले लथालिङ्ग भएको नेपालको फुटबल संगठन र अर्कोतिर घुस प्रकरणमा मुसिएर राष्ट्र कै गरिमा घटाउने राष्ट्रघाती खेलाडीको कर्तुत छर्पस्ट भइरहेको स्थिति थियो । एकाएक पुरानो फुटबल संगठन खारेज गरी घुस प्रकरणमा सम्मिलित खेलाडी तथा पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय प्रतिबद्ध आदिको कारण अब नेपाली फुटबलले नयाँ आयम पाउने बिश्वास गर्न थालिएको छ । जसको ज्वलन्त उदाहरण पछिल्लो बंगबन्दु गोल्ड कप बिजेता बन्न सफल नेपाली टिमलाई लिन सकिन्छ ।
सन् १९८४मा साफ गेममा मालदिभ्सलाई ४–० गोल अन्तरले हराउँदै साफ गेम जितेको थियो भने र सन् १९९३ मा भारतलाई ट्राईबेकरमा ४–१ गोल अन्तरले हराएर स्वर्ण पदक जित्नु नै हो नेपाली फुटबल ईतिहासको सबैभन्दा ठूलो उपलब्धि हो । उपेन्द्रमान सिंह, हरि खड्का, निराञ्जन रायमाझी, गणेश थापा लगायतका खेलाडीहरु नै थिए सो खेलको नायकहरु । सन् १९९३ पछि या भनौ २३ बर्षसम्म नेपाली फुटबल टीम अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकबिहीन थियो । अरु खेलको दाँजोमा ज्यादा लगानी, व्यवसायिक खेल पद्धति, नियमित प्रतियोगिता र गतिलो अन्तर्राष्ट्रिय समर्थनको वाबजुत नतिजा शून्य निरन्तर आइरहँदा नेपाली फुटबलको भविष्य माथि नै ठूलो प्रश्न चिन्ह उब्जिएको थियो । एकलौटी एन्फाको अध्यक्ष सम्हालिरहेका गणेश थापा जो करोडौं रुपैयाँको घुस्याहा प्रकरणमा अन्तर्राष्ट्रिय स्तरमा नै निलम्बनमा थिए । जो एएफसीको उपाध्यक्षसम्म भएको व्यक्ति थिए । राष्ट्रको जीतको लागि करोडौं नेपाली मनहरुको समर्थन माया र सद्भाव पाएका केही नेपाली खेलाडी म्याच फिक्सिङ प्रकरणमा प्रमाणसहित नजरबन्दमा थिए ।
युवा खेलाडीको साथ घरेलु कोच बाल गोपाल महर्जन बंगबन्दु गोल्ड कपको लागि ढाका पुगेका थिए र काठमाडौं फर्कदा करोडौं नेपालीहरुको साथ, समर्थन, खुशी र हौसला पाए । किनभने उनले २३ बर्षदेखि उपाधिबिहीन रहेको नेपाली फुटबलमा नेपाली राष्ट्रिय फुटबल टिमको प्रतिनिधिसहित अन्तर्राष्ट्रिय उपाधि नेपाल भित्र्याएका थिए । उनैको निर्देशनमा ढाकामा नेपाली टीमका युवा खेलाडीहरुले गोलको खडेरी टारेको थिए । सेमीफाइनलमा मालदिभ्सको पोष्टमा ४ गोल लगाउँदा होस् या फाइनलमा बहराइनको बिरुद्ध ३ गोल लगाउँदा होस् । समूह चरणमा श्रीलंकाबिरुद्ध साफ च्याम्पियनसिपमा खाएको १–० गोल अन्तरको बदला लिँदै किन नहोस् । नेपाली युवा खेलाडी मैदानमा अन्तिम समयसम्म डटि रहँदा नेपाली फुटबल क्षेत्रले निक्कै फड्को मार्ने नजरअन्दाज सहजै लगाउन सकिन्छ । बिराज महर्जनको नेतृत्वमा बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, हेमन्त गुरुङ, अञ्जन बिष्ट, बिक्रम लामा, आदित्य चौधरी, रविन श्रेष्ठ त्यस्तै गोलरक्षक बिकेश कुथु लगायतका सबै खेलाडीहरुले देखाएको खेलको आधारमा पनि भन्न सकिन्छ– सन् २०१७ को साफ च्याम्पियन हामी नै हो ।
दक्षिण एशिया सबैभन्दा बलियो टिम नेपाल नै हो । यति भनिरहँदा हामीले पार गर्नुपर्ने घरेलु चुनौति धेरै नै छ । राजनीतिबाट अलग राख्न सक्नुप¥यो । घरेलु फुटबल संरचनाहरुलाई व्यवस्थित बनाउँदै नेपाल र नेपाली फुटबललाई माया गर्ने व्यक्तिलाई नेपाल फुटबल संघ ‘एन्फा’ को नेतृत्व तहमा चयन गर्नुपर्ने आवश्यकता देखिन्छ । नेपाली खेलकुद क्षेत्रलाई सँधै छायामा राख्ने नेपाल सरकारद्वारा पनि राष्ट्रको प्रतिनिधि गरेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो देशको नाम राख्ने सबै खेलाडीलाई सम्मान र खेल क्षेत्रमा नै क्रियाशील रहेर जिन्दगी गुजार्न सक्ने बाताबरण बनाउनुपर्छ । खेलाडीहरुलाई सदेव राष्ट्रको गहना मान्ने नेपाली मनहरुले जित्दा लगाउने र हार्दा फ्याकिदिने काम बन्द गरिनुपर्छ । जित्दा मात्र ताली हार्दा चाहिँ गाली गर्ने बानी अब बन्द गरिनुपर्छ । जीतमा होस् या हारमा सदैव नेपाली खेलाडीहरुप्रति सद्भाव, सम्मान र माया निरन्तर दिइ नै रहनुपर्छ । खेलाडीहरुले पनि सदैव राष्ट्र प्रेमको भावना जागृत भइराखेको हुनु पर्छ, तबमात्र नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा अझ ठूलो उपलब्धिहरु हासिल गर्दै करोडौं नेपाली आत्मीय मनहरुमा खुशी र गर्वको रंगहरु भर्ने छन् भने बिश्वमा ती वीर गोर्खालीको उपमा सदैव कायम राख्ने छन् ।