फरार अभियुक्त पक्राउ

0
344

 
चन्द्रौटा , कात्तिक १ । हातहतियार तथा खरखजना मुुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले आज उनकै घरवाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा दाङ घोराही नगरपालिका– ६ का ३३ वर्षीय लोकबहादुर बुढा रहेको छ ।

चन्द्रौटास्थित प्यूठानी होटलमा दुई जना हातहतियारसहित बसेको सूचनाका आधारमा प्रहरीले विसं ०७१ साउन १९ गते छापा मार्दा एक थान अत्याधुनिक पेस्तोल र दुई राउन्ड गोलीसहित वसन्त घर्तीलाई प्रहरीले पक्राउ गरिएको तर संगै रहेका लोकबहादुर बुढा होटलको छतबाट हाम फालेर उम्किन सफल भएका थिए । त्यसैवेला देखि प्रहरीले बुढालाई पक्राउको सूचिमा राखेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले बताउनुभयो ।

बुढामाथि हातहतियार तथा खरखजना मुद्दा रहेकाले प्राप्त सूचनाका आधारमा प्रहरीले उनकै घरवाट पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालाय चन्द्रौटाका प्रहरी नायब निरीक्षक विश्व सुवेदीले बताउनुभयो । फरार बुढामाथि अदालतले चार वर्ष कैद सजाय सुनाएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here