चुरे बिनाशमा ‘वन डढेलो’

0
792

तुलसीराम खरेल

“बनै खायो डढेलोले, मनै खायो त्यही मोरीको पापी मायाले” भन्ने फत्तेमान राजभण्डारीले गाएको कर्णप्रीय गीत प्राय सबै पुस्ताका नेपालीहरुले सुनेका होलाउँ। यहाँ डढेलोले बन जलाएको र पापी मायाले मन डढाएको कुरालाइ तुलना गरिएकोछ। बन डढेलोले बनलाइ सखाप बनाउँछ र वनजंगल सँग जोडिएका अनेकौँ अवयवहरुको असन्तुलन पैदा हुनपुग्छ। यसको सीधा असर पारिस्थितिक प्रणाली र समुच्च पर्यावरणमा पर्दछ। संपदाहरुको नोक्सानी र जैविक विविधताको ह्रासले अपुरणीय क्षति पुर्याउँछ। तथ्यांकहरुले यो बर्ष तुलनात्मक रुपले एकमहिना अगावै चुरे क्षेत्र  बन डढेलोको चपेटामा परेको र चुरे क्षेत्रमा हुने बन डढेलो संधैभन्दा उच्च रहने प्रक्षेपण गरिसकेकाछन्।

    समुद्री सतह भन्दा 1200 मिटर देखि 2000 मिटर सम्म चुलिएर रहेको सबैभन्दा दक्षिण तर्फको कान्छो पर्वतनै चुरे पर्वत हो।यसको आसपासको क्षेत्रलाइ चुरे भावर क्षेत्र वा शिवालिक क्षेत्र भनिन्छ।नेपालको कोशी पुर्वको चुरे तुलनात्मक रुपमा कमजोर र कमसल प्रकारको रहेको छ।चुरे क्षेत्रको वाटर टेवल क्रमश घट्दै गएको, मरुभूमिकरण तिब्र बनेको, पानीका मुहानहरु सुक्दै गएका, जलवायु परिवर्तनको चपेटामा परेको, बन विनाश, जैविक विविधताको ह्रास, आदि त छँदैछन बर्षेनीको  बन डढेलोले समेत यसको अस्तित्वलाइ चुनौति दिइरहेको छ।

    यो मौसम अर्थात चैत बैशाख महिना नेपालको चुरे क्षेत्रकोलागी अतिनै संवेदनशिल समयको रुपमा लिइन्छ।बशन्त ऋतुको आगमन र चीसो मौसमको बीदाइसंगै उष्ण- समशितोष्ण मौसम रहेको चुरे लगायतको नेपालको तराइ मधेशको तापक्रममा एक्कासी बढोत्तरी हुन्छ। अनि सुरुहुन्छ चुरेमा डढेलो।सामान्यतया बैशाख महिनादेखी चुरेमा डढेलोका खवरहरु आउने गर्दछन्।कुनै कुनै बर्षमा चुरेको डढेलोले धेरै जन धनको क्षती गर्दछ। यसको उदाहरणको लागी सन् 2009 को वन डढेलोमा 49 जना मानिसको ज्यान गएको थियो। त्यसपछीको भयाभह बन डढेलो सन् 2016 मा भएको थियो। त्यसमा पनि दर्जनबढी मानिसको मृत्यु भएको थियो।यी दुवै बन डढेलोमा मानिसहरुमात्र होइन कैयौं बनका रुख, बुट्यान, जंगली जनावरहरु, बनस्पति, जडीबुटी तथा जल जीवजन्तहरु, स्थलजीवहरु , चरा तथा अन्य जीवजन्तुहरुको ईहलीला समाप्त भयो।यहाँ महत्वपुर्ण कुरा के हो भने यसले जैविक विविधताको नष्ट गराइरहेको हुन्छ भने प्राकृतिक स्रोत संपदाहरुको अकल्पनीय विनाश समेत भैरहेको कुरा भुल्नै नहुने पक्षहरु हुन्।आरक्षण छेउको बस्तीहरुसम्म बन डढेलो फैलिदा यसले संरक्षणको लागी बनाइएको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षणहरु समेत  प्रभाव बिस्तार भएको देखिन्छ। अमेरिकी बैज्ञानिक संस्था नासाको ‘मोडिस भू उपग्रह’ले अहिले 2075 सालको चैत्र महिनाको पहिलो सातामै नेपालमा चौवन्न जील्लाहरुका सैयौँ स्थानमा बन डढेलो सल्किसकेको तथ्याँक देखाएको छ।

चुरे क्षेत्रको समग्र बिनाशलाइ चुरे दोहन भनेर बुझ्नु पर्दछ।पहिले पहिले चुरेको जंल फंडानी प्रमुख समस्या थियो तर अहिले न जंगल नत ढुँगा वालुवा जोगिएकोछ चुरेको।रातारात धनिहुने सोचमा राजनैतिक प्रशाशानीक आडमा चुरे रुपी प्राकृतिक र सामरीक महत्वको क्षेत्रलाइ कुरुप बनाइएकोछ। अन्य प्राकृतिक र मानवीय कारणहरु यसको दोहनका कारणहरु रहेपनि अनियन्त्रित बन डढेलो अर्को चुनोतिको रुपमा उभिएको छ। बिदेशमा हेलिकप्टरवाट र अन्य प्रविधिको प्रयोगगरी कृत्रिम पानी बर्सायर समेत बन डढेलो नियन्त्रण गरिन्छ। नेपालमा भने बन डढेलोवारे जनचेतनाका कार्यक्रम समेत नगण्य हुने एबम् त्यसको पुर्व तयारीको ब्यवस्थापन समेत नगरिएको आभासहुन्छ।

    नेपालमा सरकारको नियन्त्रणमा रहेका बनहरुको तुलनामा समुदायमा आधारित बनहरुको ब्यवस्थापन राम्रो रहेको तथ्याँकहरुले देखाएकाछन्।बन डढेलो समेत सामुदायिक बनहरुमा तुलनात्मकरुपले कम हुनेगरेको देखिएको छ।बन डढेलोको क्षती समेत त्यस्ता बनहरुमा कम देखिने गरेको छ।’फोरेष्ट फायर कन्ट्रोल रुम’ एबम् ‘फायर फाइटिङ मोवाइल टीम’ को निर्माण गरेर यसलाइ कृयाशिल नवनाउनेहो भने  यो मौसममा चुरेको महाबिनाश भएर कुरुप बनाइदिने संभावनहरु समेत रहन्छ। सन 2022 देखी नेपाललाइ कार्वनबापत प्रतिमेट्रिक टन पाँच डलरका हिसावले पाउनुपर्ने भुक्तानी समेत प्रभावित हुनेछ। मध्य तराइ देखि पश्चिमको सम्पुर्ण तराइ क्षेत्रमा संचितहुने करिव एक करोड मेट्रिक टन  कार्वन बिक्रि गर्ने नेपालको योजना स्विकृत समेत भएको छ।बन डढेलोलाई बैज्ञानिक रुपले नियन्त्रण नगर्नेहोभने बिश्व बैँक अन्तर्गतको कार्बन कोषले प्रश्न उठाउने अवस्था नआउला भन्न सकिन्न।

नेपाल संघीय संरचनामा प्रवेश गरिसकेकोछ। संघीय, प्रादेशीक र स्थानीय गरी तीन प्रकारका सरकारहरु रहेकाछन्। चुरे संरक्षणमा कुन कुन सरकारका कस्ता कस्ता अधिकार रहने भन्नेकुरा समेत निर्क्योलहुनु जरुरीछ। चुरे तथा यसको आसपासको प्राकृतिक संपदाहरुको ब्यवस्थापन, उपयोग, आय आर्जन,  संरक्षण, खेतीपाती, चरन ब्यवस्थापन, बसाइसराइ, बिकास, मानव संसाधन, तालीम, अग्नी नियन्त्रण, जलवायु परिवर्तन एबम् अनुकुलन कार्यक्रमहरुको स्वामित्व कसले लिनुपर्ने भन्नेकुराहरु बिवादास्पद रहेर मुख ताकाताकहुने परिस्थिति आउनुले झन दुखद अवस्थाको सृजना हुनेकुरामा सबैको ध्यानपुग्नु जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here