इलाम र पाँचथरमा  पूर्व राजा को भ्रमण तलिका

0
781

इलाम, पूर्व राजा ज्ञानेन्द्र शाह निजी धार्मिक भ्रमणको सिलसिलामा इलाम र पाँचथर आउने भएका छन् । शाहको भ्रमण व्यवस्थापन गर्न बनेको समितिले शुक्रबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी यसबारे जानकारी गराइएको हो ।

समितिका सदस्य हरि श्रेष्ठका अनुसार चैत १७ गतेदेखि २१ गतेसम्म शाहले इलाम र पाँचथरका विभिन्न धार्मिकस्थलहरुमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार चैत १७ गते अपरान्ह शाह इलाममा आएर बस्ने छन् भने भोलि पल्ट १८ गते उनी बिहान पाँचथर जाने छन् ।

त्यस्तै १९ गते उनले त्यहाँ स्थित फाल्गुनन्द र शिव मन्दिरमा पूजाआजा गरेर इलाम फर्कने कार्यक्रम रहेको छ । त्यस्तै २० गते उनले इलाममा नै बिताएर २१ गते बिहान ११ बजे इलाम सदरमुकाम स्थित प्रसिद्ध माइस्थान मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी दमक फर्कने कार्यक्रम रहेको जनाइएको छ । इलाममा २१ गते नविन चोकबाट पैदलै चोकबजार हुँदै माइस्थान मन्दिर जाने छन् । यसबीच भ्रमण व्यवस्थापन समितिसँग समन्वय गरेर शाहसँग शुभेच्छुकहरुले भेटघाट गर्न सक्ने समेत समितिका सदस्य श्रेष्ठले बताए ।

उनले भने– ‘यो राजा ज्ञानेन्द्र शाहको नितान्त निजी र धार्मिक भ्रमण हो । यो कुनै राजनैतिक कार्यक्रम नभएको र राजाप्रति सदभाव र शुभेच्छा राख्नेहरु मिलेर भ्रमण व्यवस्थापन समिति बनाएको हो । यसमा कुनै राजनैतिक स्वार्थ छैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here