प्रतीष जिसी चम्किएपछि, नेपालद्धारा ओमन १५० रनले पराजित

0
832

काठमाडौं ।

१९ वर्ष मुनिको विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपालले ओमनलाई १५० रनले पराजित गरेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमन ४५ औं ओभरको पहिलो बलमा ७९ रन बनाउँदै ‘अल आउट’ भएपछि १५० रनको पराजय व्यहोर्न बाध्य भयो ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभर दुई बलमा सबै विकेट गुमाउँदै २२९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७५ रन बनाएका थिए । त्यस्तै प्रतीष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५, रित गौतमले १० रन बनाए ।

पुछारमा ब्याटिङका लागि आएका प्रतीष जिसीले विस्फोटक ब्याटिङ गर्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पु¥याएका हुन् । १७६ रनमा आठ विकेट गुमाइसकेको अवस्थामा उनी मैदानमा प्रवेश गरेका थिए । लगत्तै नेपालले कमलसिंह ऐरीका रुपमा अर्को विकेट गुमायो । १७८ रन बनाउँदा नौ विकेट गुमाइसकेको अवस्थामा जिसीले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ४१ रन बनाए । उनले दुई चौका र चार छक्का प्रहार गरे ।

जवाफी ब्याटिङमा उत्रिएको ओमनका लागि अमनप्रित सिराह र जील टन्नाले १३–१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि पवन शराफले कसिलो बलिङ गर्दै १० ओभरमा २४ रन दिएर तीन विकेट लिए । १० ओभर नै बलिङ गरेका कुशल मल्लले १२ रन दिएर एक विकेट लिए । प्रतीष जिसी र सूर्य तामाङले दुई–दुई विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here