मजदुर दिवसमा पनि मजदुर आन्दोलित

0
694

बिर्तामोड ।

आज मे १ अर्थात अन्तराष्ट्रिय मजदुर दिवास । अधिकार प्राप्ति गरेको दिनलाई सम्झना गर्दै नेपालसहित विश्वका ८० बढी देशमा विभिन्न कार्यक्रम गरी आज १३० औं मजदुर दिवस मनाइँदैछ । ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

विश्वभरका मजदुरहरुले हर्षोल्लासका साथ यो दिवास मनाई रहदा झापा सहित पूर्वी नेपालका चिया बगानमा कार्यरत मजदुरहरु भने न्यूनतम दैनिक ज्याला नपाएर करिव एक महिनादेखि आन्दोलनमा छन् । मे दिवसको दिन समेत श्रमिकले सडकमै संघर्ष गरिरहेको भन्दै नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले चिया मजदुरहरुको आन्दोलनमा ऐकेवद्धता जनाएको छ ।

निरन्तरको संघर्ष र आन्दोलनबाट स्थापित गणतन्त्र नेपालमा सरकारले ल्याएको योजगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिक र मजदुर वर्गाका लागि उपयोगी भएपनि मालिकहरुले श्रमिकको माग सम्वोधन नगरेको भन्दै मजदुरहरु आन्दोलि हुनु परेको अवस्थामा युनिकम नेपालले समेत मजदुरको पक्षमा आवाज उठाउँदै मजदुरको शान्तिपूर्ण आन्दोलनमा ऐकवद्धता जनाएको हो ।

युनिकम नेपालका अध्यक्ष गजेन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै आगामी असार मसान्तसम्ममा श्रमिक, मजदुर र कर्मचारीको सुरक्षाको ज्ञारेन्टि लिएर योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समावेश नभए दवाव मूलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–‘जवसम्म मुलुकमा श्रमजीवी वर्गको हक हित र अधिकारको सुनिश्चितता हुँदैन तव सम्म देश विकास र रुपान्तरण सम्भव छैन । ’

राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार चार सय ६९ रुपैयाँ र मङ्गी भत्ता चार हजार तीन सय ८१ रुपैयाँ तोकिएको छ । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५ र सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनको माग गर्दै चिया बगानमा कार्यरत सबै मजदुर अहिले आन्दोलनमा रहेका छन् । नेपाल चिया श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ ।

सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोके पनि श्रमिकले दुई सय ६५ देखि तीन सय आठ रुपैयाँसम्म मात्र पाउने गरेका छन् । उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक ४२ रुपैयाँ थपेर चार सय २७ रुपैयाँ ज्याला सरकारले तोकेपनि तोकिएको मजदुरले तोकिएको ज्याला नपाएको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटा बताउनुहुन्छ ।

गत चैत १७ गतेबाट चिया बगानमा कार्यरत मजदुरहरु आन्दोलित भएपछि पूर्वको प्रमुख नगदेवालीका रुपमा चिनिएको चिया उद्योग एक महिनादेखि बन्द छन् । मजदुर आन्दोलनकै कारण देशको मागलाई पूरा गरेर विदेशमा समेत चिया निर्यात गर्दै आइरहेको यो व्यवसायले मजदुर आन्दोलनकै कारण दैनिक लाखौं रुपैयाँको क्षति व्यहोर्दै आएको झापा उद्योग संघका अध्यक्ष टीका ढकालले बताउनुभयो ।

नेपाल चिया तथा कफी विकास वोर्डका अनुसार नेपालमा करिव दुई करोड ५० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here