मोरङ ।
मोरङको उर्लावारीमा रुखको ठुटामा पलाएको च्याउ खाँदा दुई जना बिरामी भएका छन् ।
उर्लावारी नगरपालिका १ बस्ने ६० बर्षीया लोरीमाया माझी र उनका छोरी २४ बर्षीय चन्द्रीमाया माझीले घर नजिकै रहेको रुखको ठुटामा पलाएको च्याउ सब्जी बनाएर खाँदा विरामी भएका हुन् ।
च्याउ खाएर विरामी भएका आमाछोरीको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।