केटीको निहुँमा जन्ती र घरबेटीबीच कुटाकुट, एकजनाको मृत्यु

0
315

पोखरा,

गोरखामा केटी जिस्‍क्याएको निहुँमा जन्ती र घरबेटीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

बुधबार लमजुङको राइनस नगरपालिका-४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार-४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी जिस्क्‍याएको आरोपमा कुटाकुट भएको थियो।

कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमाल गम्भीर घाइते भएका थिए। घाइते कुमाललाई उपचारको लागि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गोरखाका एसपी भोला रावलसहितको टोली आजै घटनाको अनुसन्धानका लागि पालुङटार लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। ‘घटनाको थप अनुसन्धानको लागि मेरै नेतृत्वमा प्रहरीको टोली पालुङटार आएको छ’ एसपी रावलले भने। -थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here