हल्दिबारी र हिलिहाङबीच विकासका अनुभव आदानप्रदान

0
796

हल्दिबारी,

झापा र पाँचथरका दुई स्थानीय तहले विकास निर्माणका कामको अनुभव साटासाट गरेका छन् । झापाको हल्दिबारी गाउँपालिका र पाँचथरको हिलिहाङ गाउँपालिकाबिच अनुभव आदानप्रदान भएको हो ।

शनिबार हल्दिबारी गाउँपालिकामा सम्पन्न कार्यक्रममा हिलिहाङ गाउँपालिकाबाट ३२ जनाको टोलीले सहभागिता जनाएको हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

कार्यक्रममा हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानी लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि लगायतले सहभागिता जनाएको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए ।

सो अवसरमा हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले हिलिहाङ गाउँपालिका अध्यक्षलाई हल्दिबारी गाउँपालिका आफैँले बनाएका १६ वटा कानूनहरुबारे जानकारी गराएका थिए । ‘हामीले विकासका सम्भावनाबारे पनि छलफल ग¥यौँ,’ लिङ्देनले भने, ‘आगामी दिनमा हल्दिबारी र हिलिहाङ गाउँपालिकाबिच कृषि उत्पादनहरु साटासाट गर्ने विषयमा पनि छलफल भयो ।

यताको धान, माछा लगायतका उत्पादन उता लैजान सकिन्छ, उताको फलफूल र तरकारी यता ल्याउन सकिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here