प्रथम उपशाखा कपको तयारी

0
1501

दमक।

झापाको कमल गाउँपालिकामा एक दिवसीय नेपाल रेडक्रस सोसाइटी प्रथम उपशाखा कपको तयारी गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको आयोजनामा आगामी बैशाख ३० गते झापामा पहिलोपटक उपशाखास्तरीय फुटबल प्रतियोगिताको तयारी गरिएको हो ।

लखनपुर रेडक्रसले दमकमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो । उपशाखाका सभापति चन्द्र शाहले रेडक्रस अभियानलार्ई खेलकुदका माध्यमबाट सशक्त बनाउन मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

रेडक्रसमा युवाशक्तिलाई आर्कषित गराउन तथा स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई थप उजागर गर्न जिल्लाका रेडक्रसकर्मीहरुबीच फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको सभापति शाहले बताए ।

कमल– ५ स्थित आदिवासी रंगशालामा हुने उक्त प्रतियोगितामा विजेता, उपविजेताले क्रमशः २५ हजार ,१५ हजारसहित ट्रफि ,प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, प्रतियोगिताका विभिन्न आधा दर्जन विद्यागत क्षेत्रका उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने छन् ।

जिल्लाभित्रका आठ वटा उपशाखाको सहभागिता रहने सो प्रतियोगिता सम्पन्न गर्न गाउँपालिकासहित खेलप्रेमीहरुबाट सहयोग प्राप्त हुने उपशाखा सचिव पारषमणि राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र सुरुङ्गा रेडक्रसबीच प्रतिष्पर्धा हुने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न दमक लखनपुर भेट्रन क्लवले प्राविधिक सहयोग समेत पुर्याउने उपशाखा उपसचिव विष्णु सुब्बाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here