खोटाङमा प्रहरीले रोक्यो बालविवाह

0
316

खोटाङ,

खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा २० वर्ष उमेर नपुग्दै किशोरीको विवाह हुन लागेको जानकारी प्राप्त भएपछि प्रहरीले रोकेको हो ।

कक्षा १० मा अध्ययनरत १५/१६ वर्षकी बालिकाको भोजपुरको टेम्के मैयूँ गाउँपालिका–६ का युवकसँग विवाहको तयारी भइरहेको जानकारी आएपछि सोमबार राति प्रहरी पठाएर विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशवकुमार कट्वालले बताउनुभयो ।

प्रहरीले विवाह रोकेपछि जन्ती बेहुलीबिनै फर्किएको छ । विवाह घरबाट फर्किएको जन्ती अर्की बेहुली लिएर मात्र फर्कने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

मुलुकी अपराध संहितामा केटा वा केटीले २० वर्ष नपुगी विवाह गरेमा बालविवाह ठहरिने र त्यस्ता विवाह स्वतः बदर हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here