जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण रोक्न सर्वोच्चको अन्तरिम आदेश

0
597

काठमाण्डौ,

सर्वोच्च अदालतले जन्मसिद्धको आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्ने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता वालकृष्ण न्यौपानेले दायर गरेको रिटमा न्यायाधीशहरु शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गरेकाका सन्तानलाई कानुनबमोजिम वंशजको नागरिकता दिन परिपत्र गरेपछि चर्को विरोध भइरहेको छ ।

परिपत्र गलत रहेको दाबी गर्दै अधिवक्ता न्यौपानेले रिट दायर गर्नुभएको थियो । नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालमा २० वर्ष बसोबास गरेका नागरिकलाई जन्मसिद्धको नागरिकता वितरण गर्ने ब्यवस्था गरेकोमा त्यस्तो नागरिकता पाएकाको संख्या १ लाख ९६ हजार भन्दा बढी रहेको गृह मन्त्रालयको तथ्याङ्क छ ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here